कानुन दिवसमा प्रधानन्यायाधीश, ‘राज्यका प्रमुख अंग पूर्वाग्रही हुनुहुँदैन’


नेपाल समाचारपत्र,काठमाडौं ।
प्रधानन्यायाधीश सुशीला कार्कीले राज्यका प्रमुख अंग पूर्वाग्रहबाट निर्देशित हुन नहुनेमा जोड दिनुभएको छ।

६५औं कानुन दिवसको अवसर पारेर मंगलबार सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा बोल्दै उहाँले सो कुरामा जोड दिनुभएको हो।

उहाँले राज्यका प्रमुख अंग पूर्वाग्रहबाट निर्देशित हुन नहुनेमा आफू विशेष सजग रहेको पनि बताउनुभयो।

उहाँले संविधान र कानुनको अन्तिम व्याख्या गर्ने निकाय न्यायालय भएकाले सोहीअनुसारको जिम्मेवारी पूरा गर्न आफू दृढ रहेको बताउनुभयो। साथै आफू संविधान र कानुनले सुम्पिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

प्रधानन्यायाधीश कार्कीले न्यायालय अफ्नो सीमाभित्र रहेर जनतालाई न्यायमा पहुँच पुर्याउन लागि परेको पनि बताउनुभयो।

उहाँले राज्यका प्रमुख अंगहरूको सहकार्यबाटै जनताले न्याय पाउने पनि धारणा राख्नुभयो। प्रधानन्यायाधीश कार्कीले संविधान कार्यान्वयन राज्यको सर्वाधिक महत्वको विषय भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन पनि राज्यका सबै अंगको क्रियाशील भूमिका अनिवार्य रहेको भनाइराख्नुभयो। उहाँले राज्यका सबै अंगले आ—आफ्नो सीमाभित्र रहेर काम गर्नुपर्ने खाँचो औंल्याउनुभयो।

प्रधानन्यायाधीश कार्कीले न्यायालयको यात्रा चुनौतीपूर्ण रहेको बताउँदै जनतालाई न्याय दिलाउन राजनीतिक दलहरूको इच्छा शक्ति हुनुपर्नेमा जोड दिनुभयो। प्रधानन्यायाधीश कार्कीले संवैधानिक सर्वोच्चताको सिद्धान्तअनुसार न्यायालय अघि बढ्ने पनि बताउनुभयो।

नागार्जुन नगरपालिकाका मेयरका प्रत्यसीले जामाचोसम्म केवलकार र भ्यु टावर बनाउने सपना पनि बाँड्दै हिँडेका छन्।

सायद चन्द्रागिरीको केवलकारले राजधानीवासीलाई आकषर््िात बनाएको होला, अधिकांश उम्मेदवारले केवलकार, मेट्रो रेल र ट्राम र ठाउँ ठाउँमा फ्लाई ओभरको सपना देखाउँदै हिँडेका छन्। हामीलाई उम्मेदवारले वाचा गरेको २० प्रतिशत काम गरे पनि पुग्थ्यो कुरा मात्रै होकी काम नै गरेर देखाउने हो ? हेर्न भने बाँकी नै रहेको छ–घर दैलोमा गएका उम्मेदवारलाई मत दिने वाचा गर्दै सर्वसाधारण भने यसो भन्न थालेका छन्।