नेपाली र नेपालभाषा महानगरको कामकाजको भाषामा ल्याइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ । नेकपा (एमाले) का काठमाडौँ महानगरपालिकाका प्रमुखक ाउम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली र नेपालभाषालाई महानगरको कामकाजको भाषाका रुपमा प्रचलनमा ल्याइने लगायत सम्पदा र संस्कृतिसम्बन्धी आफ्नो कार्ययोजना अघि सार्नुभएको छ ।

उहाँले नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वतलाई पनि प्रचलनमा ल्याइने प्रतिवद्धता जनाउनु भएको छ । एमाले काठमाडौँ जिल्लाकमिटीका सचिव समेत रहनुभएका उम्मेदवार शाक्यको संस्कृति र सम्पदासम्बन्धी प्रतिवद्धतामा वसन्तपुर दरबार क्षेत्र र त्यसको वरिपरीको भित्री सहरी क्षेत्रलाई समेटेर सांस्कृतिक पर्यटकीय सहरको विकास गरिने उल्लेख छ ।

यस्तै नेपालको मौलिक लिपीको रुपमा संयुक्त राष्ट्रसंघमा दर्ता भएको रञ्जनालिपिको विकास र प्रयोगलाई प्रोत्साहन गरिने, पुनःनिर्माण प्राधिकरण र स्थानीय जनतासँगको सहकार्यमा भूकम्पबाट ध्वस्तभएका पुरातात्विक सम्पदा, मठ, मन्दिर, पार्टी, पौवालगायतका सांस्कृतिकसम्पदाहरुको यथाशिघ्र पुनःनिर्माण गरिने प्रतिवद्धतामा उल्लेख छ ।
यस्तै स्थानीय समुदायका जात्रा, पर्व र अन्य सांस्कृतिक क्रियाकलापहरुको लिखित संग्रहालयका रुपमा संरक्षण र विकास गरिने, महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा, सत्तल, पार्टी, पौवा, मठमन्दिर आदिको संरक्षण गरिने उहाँको प्रतिवद्धता छ ।