चुनावको अघिल्लो दिन जात्रा

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा हरेक तीन वर्षमा लाग्ने बज्रबाराही माईको जात्रा वैशाख ३० गतेदेखि सुरु हुने भएको छ ।

टिस्टुङस्थित बज्रबाराही मन्दिर चौरमा लाग्ने मेलामा सयौंको संख्यामा बोका, रा“गा, कुखुरा र हा“सलगायतको बली दिइन्छ ।

त्यहा“ अवस्थित बज्रबाराहीलाई अन्य बज्रबाराहीकी आमा भन्ने जनश्रुति पाइन्छ । त्यसैले पनि नेपालमा रहेका मन्दिरहरु मध्ये सबभन्दा पुरानो मन्दिरका रुपमा त्यस मन्दिरलाई लिने गरिन्छ । डरत्रास निर्मूल पार्ने, मनोवल बढाउने तथा शक्ति प्रदान गर्ने भगवानका रुपमा लिइने बज्रबाराहीलाई मन्दिरभित्र नबस्ने देवताको रुपमा लिइन्छ ।
सानोे जात र ठूलो जात भनी भेदभाव गर्ने नेपाली समाजका लागि नमूना बनेको छ यस जात्रा । यस जात्रामा भाले पशुपछीको बली दिने र पोथीलाई त्यसै छाड्ने चलन रहिआएको छ । तीन दिनसम्म लाग्ने मेलामा काठमाडौं र सदरमुकाम हेटौंडाबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरु जाने गर्दछन् ।