विमल विष्ट, डोटी । क्षेत्रीय सदरमुकाम दिपायल सहित जिल्ला सदरमुकाम सिलगढीमा करिब एक साता देखि विद्युत सेवा अनियमित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
एकहप्ता यता देखी साँझ पख दिनहुँ आउने हावाहुरीका साथै बेलाबेलामा चट्याङ पर्दा बजारमा अब्यबस्थित तरिकाले तानिएका विद्युत् लाईन खराब हुन थालेपछि सेवाग्राहीले सास्ती खेप्नु परेको बताईएको छ ।
बिद्युत सेवा नियमित नहुँदा डोटीको दुर्गम क्षेत्रबाट नागरिकता लगायत अन्य सरकारी कामका लागि सदरमुकाम आउने सेवाग्राहीहरु फोटोकपीका लागि पनि घण्टौ कुर्न बाध्य हुन थालेका छन् ।
विद्युत सेवा अनियमित हुँदा फोटोकपी गर्न आएका सेवाग्राही बत्ति नहुँदा रित्तो हात फर्कन बाध्य हुन थालेको दिपायल पिपल्ला स्थित दिल्पेश्वर मेवाईल ग्यालरीका उत्तम द्धारीयाले बताउनुभयो ।
विद्युत् लाइन आउने÷जाने समस्याले विद्युतीय उपकरण समेत बिग्रने गरेको उहाँको भनाई छ । उता नेपाल विद्युत् प्राधिकरण डोटीका प्रमुख ललितनाराण चौधरीले बिद्युत सप्लाईमा हुने गरेको समस्या समाधानका लागि पहल भइरहेको र चाडै नै समस्या समाधान गरी बिद्युत नियमित गराउन आफुहरु लागि परेको बताउनु भयो ।
यहाँको बिद्युत सेवा नियमित सुचारुका लागि अब्यबस्थित तारहरु ब्यबस्थित तरिकाले सार्नु पर्ने स्थानियको माग छ । अब्यबस्थित तानिएका तारका तारका कारण डोटीमा बिद्युत सम्बन्धि दजर्नौ घटना घटी करोडौको नोक्सानी समेत भईसकेको छ ।











प्रतिक्रिया