अनुमति नलिएका निजि स्कूलसँग शिक्षा कार्यालयको मिलोमतो

0
Shares

ललित सिहं, बझाङ्ग । बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुर संगै ग्रामीण भेगमा निजि बिद्यालय सरकारी अनुमति नलि खोल्नेको होड बाजि हुदाँ समेत जिल्ला शिक्षा कार्यालयका कर्मचारी मौन बसेको छन ।
जिल्लामा सरकारी अनुमति नलिई एक अर्को संग होड बाजि थाप्दै निजि बिद्यालय ४३ भन्दा बढि खोलीदा समेत आर्थिक प्रलोभनमा फसेर जिल्ला शिक्षा कार्यालयका सम्बन्धित कर्मचारी मौन बसेका हुन ।

छिमेकी बिद्यालय बाट सहमति लिई प्रत्यक बर्षको पौष मसान्त भित्र शिक्षा कार्यालयमा अनुमतिका लागी निबेदन दिनु पर्ने शिक्षा ऐन, नियमावलीमा उल्लेख भए पनि निबेदेन नदिई जिल्लाको सदरमुका चैनपुर देखि गाउँंमा निजि बिद्यालय खोलिदा समेत जिल्ला शिक्षा कार्यालय मौन छ । आर्थिक प्रलोभनमा फसेर मौन बसेको उनिहरुलाई आरोप लाग्दै आएको छ । सुदुरपश्चिम बिद्यासदनका साहयक प्रिन्सिपल कुम्भराज खत्रीले रकमी चलखेल भएको आरोप लगाए ।