उम्मेदवारको घरमा सकेट बम

0
Shares

पर्वत, (नेस)
पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामचन्द्र जोशीको घरमा भेटिएको शंकास्पद बस्तु सकेट बम रहेको पुष्टि भएको छ।

कुस्मा नगरपालिका वडा नं ५ लोकतन्त्रचोक स्थित जोशीको घरमा भेटिएको संकास्पद बस्तु बम भएको पुष्टि भएको छ। जोशीको कार्यालय कोठाको कुनामा हरियो झोलामा राखिएको उक्त संकास्पद बस्तु डिस्पोज गर्ने क्रममा सकेट बम भएको पुष्टि भएको छ। नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले केही बेर पहिले बम डिस्पोजल गरेको छ।

जोशीको घरमा संकास्पद सुरक्षा निकायले घटनास्थल नियन्त्रणमा लिएर बम सुरक्षित रूपमा डिस्पोज गरेको हो। बम कसले राखेको भन्ने अहिलेसम्म कसैले जिम्मा लिएको छैन। कुस्मा बजारबाट सञ्चालित एक अनलाइनले दुई दिन पहिले नै जोशीको घरमा सकेट बम राखिएको समाचार पोस्ट गरेको थियो।