साढे चार लाख घुस सहित दुई जना पक्राउ



रसुवा (नेस) ।

साढे चार लाख घुस सहित अख्तियारको टोलीले रसुवामा दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

टोलीले चाइना पासका लागि चार लाख ५० हजार रुपँया घुस लिइरहेको अवस्थामा नौकुण्ड गाँउपालिकाको वडा १ र २ का वडा सचिव राजेन्द्र प्रसाद आचार्य र सोही वडाका कार्यालय सहायक लाक्पा तामाङलाई पक्राउ गरेको हो ।

चाइना पास वनाइदिने भन्दै वाहिरी जिल्लाका प्रत्येक व्यक्तिसँग ५० हजार लिइरहेको विशेष सुराकीको आधारमा गोसाइकुण्ड गाँउपालिका– ६ को वडा कार्यालयबाट वडा सचिव र कार्यालय सहायकलाई अख्तियारले प्रक्राउ गरेको जनाएको छ ।
अनुसन्धानका लागि आयोगको केन्द्रिय कार्यालयमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्