रुकुमका ६ स्थानीय तहमा उम्मेदवारी दर्ता



धनवीर दाहाल, रुकुम ।
बैसाख ३१ गते हुने स्थानीय तह निबार्चनका लागी रुकुमका ६ स्थानीय तहमा दलहरुले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेश नं ६ मा परेका रुकुमका ६ स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, परिवार दल लगाएतका दलले उम्मेदवारी दर्ता गरेका छन् ।

आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा प्रमुख र उपप्रमुख तथा बाँफिकोट गाँउपालिका, त्रिबेणी गाँउपालिका र सानीभेरी गाँउपालिकाको लागी अध्यक्ष र उपाध्यक्ष रुकुममा क्रियासिल सबै राजनितिक दलहरुले उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी केन्द्रको प्रतिस्पर्धा रहेको ति स्थानीय तहमा नारा जुलुश सहित उम्मेदवारी दर्ता गरेका हुन् । सबै भन्दा कडा प्रतिस्पर्धा रहेको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा महेन्द्र के.सी र उपप्रमुखमा वालकुमारी गिरीले उम्मेदवार दर्ता गरेका छन् ।

यस्तै नेकपा एमालेबाट जिल्ला अध्यक्ष बिमलकुमार पुनले प्रमुख र केशरी गौतमले उपप्रमुखमा उम्देदवारी दर्ता गरेका हुन् । माओबादी केन्द्रले पनि प्रमुखमा देवीलाल गौतम र प्रेमकुमारी सुनार के.सीले उम्मेदवारी दर्ता गरेका हुन् । यसै गरी अन्य दलहरुले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

अन्य स्थानीय तहमा पनि दलहरुले उल्लामय अवस्थामा उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसले चौरजहारी नगरपालिका प्रमुखमा बलबिर गोसाँइ र उपप्रमुखमा मनिषा भण्डारी, सानीभेरी गाँउपालिका अध्यक्षमा गोरख चन्द र उपाध्यक्षमा पुष्पा ओली, त्रिबेणी गाँउपालिका अध्यक्षमा देवबहादुर ओली र उपाध्यक्षमा देवी पुन, आठबिसकोट नगरपालिका प्रमुखमा धिरेन्द्र बटाला र उपप्रमुखमा अनिता बुढा, बाँफिकोट गाँउपालिका अध्यक्ष जनक बाँठा र उपाध्यक्षमा हिरा के.सीले उम्मेदवारी दर्ता गरेका छन् ।

यसै गरी नेकपा एमालेबाट आठबिसकोट नगरपालिकाको प्रमुखमा जिल्ला सचिव हरिप्रसाद शर्मा र उपप्रमुखमा भगवति शाही, बाँफीकोट गाउँपालिकाको अध्यक्षमा नगेन्द्र रिजाल र उपाध्यक्षमा ब्युझना पुन, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेश खड्का र उपाध्यक्षमा कल्पना ओली तथा सानोभेरी गाउँपालिकाको अध्यक्षमा मनवीर घर्ती र उपाध्यक्षमा लक्ष्मी केसी, चौरजहारी नगरपालिका प्रमुखमा शेरबहादुर के.सी र उपप्रमुखमा कल्याणी खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै माओबादी केन्द्रबाट चौरजहारी नगरपालिकामा बिशाल शर्मालाई प्रमुख र राधा रोकालाई उपप्रमुख, आठबिसकोट नगरपालिका प्रमुख गोरख बहादुर केसी र उपप्रमुख गिता नेपाली,सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन र उपाध्यक्ष ईन्दिरा बिसी, त्रिबेणी गाउँपालिका अध्यक्ष भक्कुप्रसाद घर्ति र उपाध्यक्ष निर्मला बिष्ट, बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसी र उपाध्यक्ष मनकला पुनले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता शान्तिपुर्ण रुपमा भएको निबार्चन अधिकृतका कार्यालयहरुले जनाएका छन् । प्रदेश नं ५ मा रहेका बाँकी ३ स्थानीय तहमा भने दोस्रो चरणमा निबार्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्