डोटीका दजर्न बढी प्रहरी कार्वाहिमा


विमल विष्ट,डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी आचारण बिपरित काम गर्ने एकदजर्न बढी प्रहरी कार्वाहिमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीमा एसपी दिल्लीराज विष्टले आफु सरुवा भएर आए देखी प्रहरी आचारण सुधार गर्न नियम लागु गरेपछि दजर्नौको संख्यामा प्रहरी कार्वाहिमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कार्वाहिमा पर्नेहरु अधिकांसलाई नसिहत दिईएको छ भने केहीलाई ईस्पष्टिकरण सोधी सरुवा गरिएको छ ।

प्रहरी आचारण बिपरित काम गरेको भन्दै कार्वाहिमा पर्नेहरु अधिकांस मादक पर्दाथ सेवन गर्ने छन भने कतिपय जनतालाई दुख दिने रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जनता संग मेलमिलाप तथा सिष्ट ब्यबहार नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीले शनिबार मात्रै अतिरिक्त प्रहरी पोष्ट दिपायल राजपुरमा प्रहरी सहायक निरिक्षक नारायणदत्त बडुको कमाण्डमा रहेका ४ जना प्रहरीलाई कार्वाहि गरेको छ ।

प्रहरी श्रोतका अनुसार उनिहरुलाई जिल्लाका बिभिन्न स्थानमा अलग अलग रुपमा चेन्ज फेन्ज गरेको छ भने त्यहाँ नयाँ प्रहरी खटाईएको छ ।

अरुलाई सुधार्नु छभने पहिले आफु लाई नै सुधार गर्नु पर्छ भन्ने एसपी दिल्लीराज विष्टको निर्देशन अनुसार डोटीमा प्रहरी आचारण बिपरित काम गर्ने प्रहरी कार्वाहिमा पर्न थालेका छन् ।

त्यस्तै डोटीमा प्रहरीले मदिरा नियन्यण अभियानलाई पनि तिब्रता दिएको छ । प्रहरीको मिलेमतोमा यहाँका ग्रामिण क्षेत्रमा मदिरा सप्लाई हुने गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय डोटीले मदिरा नियन्त्रण अभियानलाई तिब्रता दिएको हो ।

गाउमा मदिरा सप्लाई गर्ने दजर्नौ स्थानियहरु कार्वाहिमा परेको डोटी प्रहरीले जनाएको छ ।