मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु


लहान, ३ वैशाख । सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स४प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहाको झोली निवासी ६० वर्षीया सहोदिया कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी कामतीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई जिप्रका, सिरहाले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।