लखन थापाको सालिक अनावरण


रामपुर (पाल्पा), १ वैशाख । रामपुर नगरपालिका–४ खोप्टारको शान्तिदीप उद्यानमा स्थापित ‘नेपालका प्रथम सहिद’ लखन थापाको सालिकको आज अनावरण गरिएको छ ।

सालिकको एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष क्याप्टेन रोमनबहादुर रानाले उद्घाटन गर्नुभयो । लखन थापा सालिक निर्माण समितिका कोषाध्यक्ष लुकबहादुर विरकट्टाले समाजको रु तीन लाख ४९ हजारको लागतमा सालिक निर्माण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रम सुरु हुनुअघि एकीकृत मगर उत्थान समाज रामपुरमा आबद्ध १७ मगर समूहका सदस्यले मगर वेशभूषामा सजिएर पञ्चैबाजासँगै बेझाड बजारदेखि कार्यक्रमस्थलसम्म पदयात्रा निकालेका थिए । रासस