हिउँदे रोपाईमा किसान


श्रीकृष्ण सिग्देल, स्याङ्जा ।
मुलुकमा स्थानीयतहको निर्वाचनले तताएपनि स्याङ्जाका किसान भने हिउँदे रोपाईमा व्यस्त छन् । राजनीतिकदलहरुले गाँउ, टोल, बस्तीमा भेला आयोजना गरेपनि किसानहरु भने हिउँदे धान खेती रोपाईमा व्यस्त देखिन्छन् । जिल्लाको प्रमुख खाद्यन्न वालिको रुपमा चिनिएको धान खेती लगाउन किसानहरुलाई भ्याई नभ्याई छ । स्याङ्जामा यस बर्ष करिव १ हजार भन्दा बढी हेक्टरमा किसानहरुले धान खेती गरेको जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ ।
बर्षे धान खेती भन्दा हिउँदे धान खेती बढी फल्ने हुनाले हिउँदे धान खेतीप्रति किसानहरुको आकर्षण बढेको छ । हिउँदमा पानी कम हुने भएकाले निकै सकसका साथ धान रोपाई गर्नुपरेको किसानहरुको गुनासो छ । सरकारी निकायले कुलो मर्मतका लागि बजेट नदिने समस्याबाट हैरानी खेप्नु परेको पिडा किसानहरु सँग छ । अहिले सम्म पनि सरकारी निकायको अनुदानको बेखरमा रहेका किसानहरु आफ्नै लगानी र मेहनतमा धान खेती गर्दै आएको बताउछन् ।