सडकमा खाना महोत्सव


कलैया, १ वैशाख । पर्यटन प्रवद्र्धनको विकास गर्ने उद्देश्यले यहाँ बिहिबारदेखि सडक खाना महोत्सवको आयोजना गरिएको छ ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ नाराका साथ सो महोत्सव होटल व्यवसायी सङ्घले आयोजना गरेको हो । बारा–सिमरा–जितपुर उपमहानगरपालिकाअन्तर्गत सिमरा एयरपोर्ट सडकमा आयोजना गरिएको सो खाना महोत्सवमा नेवारी, थारु, थकाली, चाइनिज, भारतीय, इटालियनलगायत गरी ५० भन्दा बढी खानाका स्टल राखिएको छ ।

शनिबारसम्म चल्ने सो महोत्सवमा रु दुई करोड बराबरको कारोबार हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष मोहन शर्माले जानकारी दिनुभयो । रासस