अबको बजेट शिक्षालाई –अर्थमन्त्री महरा



?

सीताराम चौधरी, कपिलवस्तु ।
नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्ण वहादुर महराले अबको बजेटमा शिक्षालाई प्राथमिकतामा राख्ने उद्घोष गर्नुभएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरस्थित नेपाल आदर्श माविको ४२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले सरकारले शिक्षालाई मुख्य रुपमा हेरिरहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महराले विद्यालयलाई आवश्यक पर्ने ई–लाइब्रेरी, भौतिक तथा प्राविधिक क्षेत्रमा आफूले सहयोग गर्ने आश्वासन दिनुभयो । सरकारले अब नयाँ बजेट ल्याउने तयारीमा रहेको बताउँदै उहाँले शिक्षालाई विशेष रुपमा हेरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रदेश नं. ५ को नमुना स्कूल बनेकोमा बधाई दिंदै विद्यालयको अग्रगामी विकासका लागि आफूले सकेको सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्