पोखरा, २९ चैत । पोखरा लेखनाथ महानगरपालिका–१४ छिनेडाँडास्थित राधाकृष्ण टोलमा पाखुरीको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागेर २१ वर्षीय पुष्कर नेपालीको मृत्यु भएको छ ।
आज दिउँसो १ बजे घाँस काट्ने क्रममा अचानक करेन्ट लागेर नेपालीको मृत्यु भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जानकारी दिनुभयो ।
यस्तै पोखरा लेखनाथ महानगरपालिका–२ भैरव टोलबाट विभिन्न लागुऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगर कास्कीको टोलीले गोरखा जिल्ला च्याङ्ली गाविस–४ बस्ने २० वर्षीय सिलास तामाङबाट डाइजापाम ४४ थान, फेनारगन ४४ थान र नर्फिम ४४ थान गरी जम्मा १३२ थान लागुऔषध, नगद रु ८७ हजार ८५० सहित एक थान मोबाइल सेट प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा कास्कीमा राखिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया