निर्वाचन नगरी हुन्न – एमाले महासचिव पोखरेल


नेपाल समाचारपत्र, लमजुङ ।

नेकपा एमाले महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनको पहिलो कडी स्थानीय तहको निर्वाचन भएको बताउनु भएको छ । नेकपा एमाले बेसीशहर नगर कमिटीको यहाँ आयोजित भेलाको उदघाट गर्र्दै मंगलबार सो धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनका साथै केन्द्रको अधिकार गाउँमा पु¥याउनका लागि हो भन्नुभयो । संविधानको अनुसूचि ८ मा उल्लेख भएको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकार जनप्रतिनिधिमार्फत गाउँघरमा नै प्राप्त गर्नका लागि निर्वाचन पहिलो सत्र हो पोखरेलले भन्नुभयो ।
उहाँले जनप्रतिनिधिहरू भूगोलका आधारमा समेत चयन हुनुपर्ने बताउँदै भारतमा पनि उत्तरप्रदेशमा २५ लाख बराबर एक सांसद र लक्ष्मरीयमा ४५– ४६ हजारका विचमा एक सांसद रहेको उल्लेख गर्नु भयो ।

उहाँले अंगीकृत नागरिकलाई देशका प्रमुख पद राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, सेना र प्रहरीको प्रमुख तथा प्रदेशको मुख्य मन्त्री हुन दिने पक्षमा एमाले नभएकोमा जोड दिनुभयो ।