ब्राउन सुगर सहित ३ युवा पक्राउ


नेपाल समाचारपत्र, बारा ।
इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले ३८ ग्राम ब्राउन सुगर सहित तिन युवकलाई सोमबार साझ निजगढ बजारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको परवानीपुर गाउ“पालिका १ का २८ बर्षे हुसेन मिया, रौतहट चन्द्रपुर नपा १ का २३ बर्षिय अमित घिसिङ्ग र सोही ठाउ बस्ने २७ बर्षिय विशाल जर्घामगर रहेका छन ।

ब्राउन सुगर खरिद बिक्री गर्ने क्रममा गस्तिटोलीले निजगढ नपा ७ स्थित पुर्वपश्चिम राजमार्ग नजिकबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक दिपककुमार रायले मिया“ले बिक्रीको लागि विरगंजबाट ल्याएको ब्राउन सुगर खरिद गर्न घिसिङ्ग र जर्घामगर चन्द्रपुरबाट निजगढ आएका हुन ।

प्रहरीले हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान गरिरहेको निरीक्षक रायले बताए ।