नयाँ बर्ष २०७४ मा ‘आहा दामन’


दामन (नेस) ।

समुन्द्री सतहबाट करिब २५ सय मिटर उचाईमा रहेको मकवानपुर जील्लाको दामनमा अबस्थित एभरेष्ट पानोरोमा रिसोर्टले नयाँ वर्षको २०७४ सालको अवसरमा आफ्ना ग्राहकका लागि ‘आहा दामन’ ल्याएकोछ । उक्त रिसोर्टले २०७४ साल वैशाख महिनाभरका लागि २ हजार ७४ रुपैयाँमा एक दिनको प्याकेज अफर लिएर आएको हो ।

राजधानीबाट करिब ८० किलोमिटरको दूरीमा रहेको एभरेष्ट पानोरोमा रिसोर्टले (ईभीआर) “विसं २०६८ सालदेखि यो प्याकेज सञ्चालन गर्दै आएका छौं,” प्रबन्ध निदेर्शक सुदेश गौतम क्षेत्रीले भन्नु भयो । “२०६८ मा २ हजार ६८ रुपैयाँ कै प्याकेज ल्याएका थियौं ।

प्रत्यक वर्षसँग रु १ थप गदै प्याकेज अफर ल्याउँदै आएका छौं ।” उनका अनुसार यो प्याकेज भित्र एउटा कोठासहित डिनर, ब्रेकफाष्ट, लञ्चका साथै अन्य थुप्रै सुविधा पाउन सकिन्छ ।

भ्ुाकम्प र नाकाबन्दी पछि सुस्ताएको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनले धान्दै आएको अहिलेको अवस्थामा शहरिया व्यस्त जीबनशैली बाट छुटकारा पाउन र शरिरलाई उर्जाशील बनाउन चाहनेका लागि दामन उपयुक्त विकल्प रहदै आएको छ ।
“विगत केही बर्ष पहिला ९० प्रतिशत पर्यटक विदेशी हुन्थे हाल १० प्रतिशत विदेशी र ९० प्रतिशत आन्तरिक पर्यटकले धानेको छ ” क्षेत्रीले भन्नु भयो । घुमफिरको ट्र्ेन शुरु भए सँगै केही वर्षयता दामनमा आन्तरिक पर्यटकको आगमनसंख्यामा ह्वात बढेको क्षेत्रीले बताउनुहुन्छ।

पानारोमा रिसोर्टमा २३ जना कर्मचारी कार्यरत छन् भने ७६ रोपानी क्षेत्रफलमा फैलिएको छ । रिसोर्टबाट पर्यटकहरुले नजिकैको हिमश्रृखलाको भरपुर मजा लिन सकिन्छ । विगत २५ बर्षदेखी सेवा सुविधा सम्पन्न दिदै आएको एभरेष्ट पानारोमा रिसोर्टले काठमाडौंमा इजी ट्रिप ट्राभल कम्पनी समेत सञ्चालन गरिरहेको छ ।
विदेश भ्रमणमा जाने नेपालीहरुको संख्या प्रत्येक वर्ष बढीरहेको अबस्थामा इजी ट्रिपले विदेशीसँगै आन्तरिक पर्यटनका विभिन्न प्याकेज उपलब्ध गराउँदै आएको छ । वैशाखमा ट्रिपमार्फत विदेश घुम्न जानेलाई पानोरोमा एक दिन सित्तैमा बस्ने अफर समेत रहेको क्षेत्रीले जानकारी दिनुभयो ।

रिसोर्टबाट विश्वका ८ अग्ला हिमशृंखलाको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टबाट विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथासँगै अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर,चोलगायतका हिमशिखरहरुको ३६० डिग्री मनमोहक पानारोमा दृश्य देखिन्छ । यी हिमशृंखला अवलोकन गर्नका लागि भ्यूटावर पनि छ ।

हाइकिङ र माउन्टेन बाइकिङ पनि गर्न सकिने दामनबाट सुर्योदय र सुर्यास्तको अनुपम दृश्य देखिन्छ । हिन्दू धर्मालम्बीका लागि ऋषिकेश महादेवस्थान तथा बुद्ध धर्म मान्नेका लागि बौद्य गुम्बा पनि रहेको छ ।

राजधानीबाट मात्रै होइन, तराईबाट पनि दामन नजिकको पर्यटकीय स्थल बन्दै आएको छ । हेटौडा,वीगञ्ज,नारायणगढ र पोखरा बाट गर्मी छल्न दामन पुग्न सकिन्छ ।

छोटो दुरीमा विल्कुलै फरक मौसमको अनुभवका लागि दामनमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दैछन । चिसो ठाउँ भएकाले यहाँ सर्जरी गरिएका बिरामीहरु पनि छिटो निको हुन स्थानिएको भनाई रहेको छ ।