अन्ततः अर्याल आईजीपी


माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको सरकारले फेरी प्रकाश अर्याललाई नियुक्त गरेको छ । चैत ८ गते सर्वोच्च अदालतले सरकारी निर्णय बदर गरिदिए पछि अन्योलमा रहेको आईजिपि नियुक्ति सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले टुङ्ग्याएको हो ।

सरकारले रिक्त रहेको प्रहरी महानिरीक्षक (आइजिपी) मा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेको हो । सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत डिआइजी अर्याललाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।

वरिष्ठताका हिसाबले नभई राजनीतिक तवरबाट आइजिपी नियुक्त गरेको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हालेका थिए। डिआइजी नवराज सिलवालले पनि आफू प्रहरी प्रमुख बन्न योग्य रहेको भन्दै सर्वोच्चमा मुद्धा हालेका थिए। आइजिपी नियुक्तिसम्बन्धी विवाद अदालतसम्म पुगेपछि सरकारले नेपाल प्रहरीकै प्राविधिक तर्फका एआइजी डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त प्रमुख बनाएको थियो ।