तिर्थयात्रिद्धारा पाथिभरामा सहयोग

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथिभराको विकासको लागि झापाका एक परीवारले नगद सहयोग गरेको छ ।

झापा बरदशि गाउँपालिका वडा नं ५ (साविकको चकचकी गाविस वडा नं ७) घर भएका नरेन्द्र योङहाङले नगद ५० हजार ५ रुपयाँ सोमबार स्थानिय विकास अधिकारी नरहरि भण्डारीको रोहवरमा पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेल लाई हस्तान्तरण गर्नुभएको हो ।

नरेन्द्रले पाथिभरा सम्मको पदमार्ग, खानेपानी तथा शौचालय लगायतका भौतिक संरचना लगायतका विकासका कार्यमा आफुले गरेको सहयोग खर्च गर्न पनि पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष पौडेललाई आग्रह गर्नुभयो ।

श्रीमती सरिता योङहाङ र छोरी पारुहाङ सहित उहाँहरु सोमबार पाथिभराको दर्शन पछि ताप्लेजुङ सदरमुकाम आईपुग्नु भएको थियो । स्थानिय विकास अधिकारी नरहरि भण्डारीले सहयोगी हातहरु प्रति धेरै धन्यवाद दिँदै उहाँको सहयोग विकास निमार्णमै खर्च हुने बताउनु भयो ।