चण्डी रुद्र महायज्ञ शुरु


शिवहरि प्रसाद भट्टराई, राजविराज ।

सप्तरीको प्रसिद्ध छिन्नमस्ता देवीको मन्दिर प्रांगणमा सोमवारदेखि दश दिवसीय लक्ष्य चण्डी रुद्रमहायज्ञ शुरु भएको छ ।
मुलुकको शान्ति एवम् मानव कल्याणार्थ आयोजना गरिएको महायज्ञ को ‘जीउँदो देवी’ को रुपमा प्रसिद्ध जगत जननी पाथिभारा देवी माताले उद्घाटन गरेकी छिन् । महायज्ञका लागी मन्दिर परिसरमा १ करोड २५ लाखको लागतमा ४० हजार वर्गफिटमा बनाइएको विशाल मण्डप भित्र रहेको यज्ञशालाको हवनकुण्डमा अग्नी प्रज्जवलन र पुजापाठ गरी प्रमुख अतिथि पाथिभारा देवी माताले महायज्ञको उद्घाटन गरेकी हुन् ।
उद्घाटनसँगै महायज्ञ स्थलमा नेपाल तथा भारतका ३ हजार ५ सय आचार्य एवम् विद्वान पण्डितद्वारा पुजापाठ, हवन, श्रीभद्भागवत एवम् श्रीदेवी भागवत कथा बाचन लगायतका धार्मिक कार्यव्रmम शुरु गरिएको छ ।
महायज्ञमा भारत, हरिद्वारका चारै पीठका आचार्यहरु समेत सहभागी भएका छन् ।
झण्डै २१ करोड खर्च हुने अनुमान गरिएको उक्त महायज्ञ नेपालमा पहिलो र विश्वमै पाँचौ भएको छिन्नमस्ता भगवती मन्दिरका पीठाधिश एवम् महायज्ञ आयोजक समितिका संयोजक महाकान्त ठाकुरले बताए ।