सुविधा सम्पन्न प्रहरीको भवन अँध्यारै


नेपाल समाचारपत्र, बाँके ।

करोडौको सुविधा सम्पन्न भवनमा प्रहरीलाई अध्यारोमा बस्नु परेको छ । ईलाका प्रहरी कार्यालय, बैजापुरको प्रहरी भवन सुविधा सम्पन्न भएर पनि अध्यारो रहेको हो ।
बैजापुरमा विद्युत गएको छैन । तर, प्रहरीले सुविधा सम्पन्न उक्त भवनमा सोलार जडान गर्न सकेको छैन । शान्ति तथा पुननिर्माण मन्त्रालयले डेढ करोडको लागतमा उक्त भवन बनाएको थियो । यसअघिको भवन भने द्वण्द्वकालमा भत्काइएका थियो । उज्यालो नहुँदा प्रहरीलाई रातीको समयमा सास्ती हुने गरेको छ । यसअघि हिरासतबाट अभियुक्त भागेपछि प्रहरीलाई कारबाही भएको थियो ।

बैजापुरका इन्चार्ज एवं प्रहरी नायव निरीक्षक देवीलाल घर्तिमगरले विद्युत नहुँदा कहिलेकसो सञ्चारबाट पनि विच्छेद हुने अवस्था आउने गरेको बताउनुभयो । सामान्य सोलारबाट पनि विजुली बाल्न नसकिरहेको बेला झै झगडा, कुनै पनि अपराधमा अभियुक्तलाई रातीको समयमा हिरासतमा राख्दा समस्या हुने घर्तिमगरको भनाई छ ।