ग्यास लिक भएर आगोलागी


पुष्कर बुढाथोकी, भक्तपुर ।
मध्यपुर थिमि नगरपालिका १४ चारदोबाटो नयाँ थिमी स्थित रामगोपाल श्रेष्ठको घरमा आईतबार राती ग्यास लिक भएर आगोलागी भएको छ । राती खाना पकाउने ग्यास लिक भएर भएको आगोलागीमा घरको दोश्रो तल्ला पूर्ण रुपमा जलेको छ ।
श्रेष्ठले भाडामा दिएको घरको दोश्रो तलामा भएको आगलागीबाट भान्छाका सामानहरु, लत्ताकपडा, अन्न लगायतका सामाग्री जलेका छन् । आगोलागीमा कुनै पनि मानवीय क्षति नभए पनि रु ६० हजार भन्दा बढीको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ । आगोलागीका क्रममा ग्यास पड्किंदा स्थानीय समेत त्रसित भएका थिए । स्थानीय बासिन्दा, प्रहरी र बारुण यन्त्र भक्तपुरबाट आएको दमकलको सहयोगमा तत्काल आगो नियन्त्रणमा आएको थियो ।