कुटपिटबाट मृत्यु


काठमाडौँ, २६ चैत । काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा खानपिनको क्रममा झगडा हुँदा गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।
शुक्रबार साँझ खानपिन भइरहेका बेला क्याफे सञ्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ का नुर्बु शेर्पालगायत छजनाले बौद्ध बस्ने पेम्वा शेर्पालाई कुटपित गम्भीर घाइते बनाएका थिए । उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न क्याफे सञ्चालक लामालसहित छजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी लागू औषध नाइट्रोभेट ५० पत्ता (एक हजार पाँचसय ट्याब्लेट)सहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी इटहरि विष्णुपुल–८ का रुपेश यादव रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।