विराटनगर, २६ चैत । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि हर सम्भव प्रयास भइरहेको बताउनुभएको छ ।
महामन्त्री कोइरालाले मोर्चालाई निर्वाचनमा सहभागी गराउन एक सातासम्म निर्वाचन सार्न सक्ने विषयमा काँग्रेस सहमत हुनसक्ने स्पष्ट पार्दे अतिवादी सोचलाई त्यागेर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस नेतृत्वको सरकारको समयमा संविधान जारी भएको प्रशङ्ग उल्लेख गर्दै उहाँले संविधान कार्यान्यन गर्ने जिम्मेवारी काँग्रेसको रहेकाले आपूmहरु लचिलो भएको बताउनुभयो ।
महामन्त्री कोइरालाले संविधानप्रति असन्तुष्टी जनाउँदै प्रक्रिया भन्दा बाहिर रहेकाले पनि मोर्चा संविधान कार्यावन्यन गर्न नचाहेको आशङ्का व्यक्त गर्दै चौतर्फी निर्वाचनमय माहौलको सिर्जना भइसकेकाले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने सुझाव दिनुभयो ।
ठूलो पार्टी काँग्रेस भएकाले सरकारको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दोस्रो मर्यादा क्रममा राख्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । रासस
प्रतिक्रिया