धुलाम्य सडकले सास्ती


विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको पाटन–पञ्चेश्वर सडक धुलाम्य हुँदा यात्रुहरुलाई सास्ती हुने गरेको छ । पाटन देखि मेलौली सम्मको उक्त सडकमा यात्रा गर्दा धुलोका कारण निकै सास्ती हुने गरेको यात्रुहरुले बताएका छन् । पाटनबाट मेलौली पुग्दा सम्म धुलोका कारण सास्ती खेप्नु परेको मेलौलीका सुरत पार्कीले जानकारी दिनुभयो ।
दैनिक ५ भन्दा बढी जीप, त्यतिकै मात्रामा बस र ट्रक चल्ने सो सडक कच्ची भएका कारण शरीरभरी धुलो लिएर घर पुग्नुपरेको मेलौलीका मुकेश दयालले बताउनुभयो ।
विं सं २०३८ सालदेखि निर्माण कार्य शुरु भएको पाटन–पञ्चेश्वर सडकले गएको दुई बर्ष यता निर्माणमा तिव्रता पाएको भएपनि सडक पक्की नहुँदा सुख्खायाममा यात्रुहरुले धुलोको सास्ती खेप्नु परेको यात्रुहरुले बताएका छन् ।