आपूर्ति मन्त्रालयको टोलीद्वारा दमौली छापा


सोनी खनिया, तनहुँ ।

आपूर्ति मन्त्रालयको टोलीले तनहुँको दमौलीमा संचालित विभिन्न पसल तथा ब्यबसायको अनुगमन गरेको छ । काठमाण्डौमा बजार अनुगमनलाई तिब्रता दिएको आपूर्ति मन्त्रालयको टोलिले शुक्रबार तनहुँको दमौलीमा संचालन गरिएका फार्मेसी, सपिङ्ग सेन्टर, पेट्रोल पम्पको अनुगमन गरेको हो । तेसैगरि कोकाकोला डिलर, तरकारी पसल तथा फलफुल पसलको समेत अनुगमन गरिएको छ । आपूर्ति मन्त्रालय उपसचिव ईश्वर कुमार गिरीको नेतृत्वमा आएको टोलीले, दर्ता नम्बर, मूल्य सुची, उत्पादन तथा उपभोग्य मिति, नापतौल लगायतमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सुची नराखिएको, म्याद गुज्रेको समान फेला पारिएको थियो भने म्याद नाघेका सामान तुरुन्त नस्ट गरिएको थियो । आपूति व्यवस्था तथा उपभोक्ता हित विभागका निर्देशक निरज पौडेल, आपूर्ति मन्त्रालयका सहायक अधिकृत राम भट्ट, जिल्ला प्रसाशन कार्यालय तनहुँका प्रसासकिय अधिकृत सुरेश ढकालको सक्रियतामा दमौलीका बिभिन्न भागमा अनुगमन गरिएको हो ।

मापदण्ड बिपरित ब्यबसाय संचालन गरि उपभोक्ताको स्वास्थ्यमाथि खेलवार्ड गर्ने ब्यवासायीलाइ एक पटक सचेत गराइएको भन्दै आगामी दिनमा फेरी दोहोरिएमा उपभोक्ता हित ऐन, कालो बजारी तथा प्रस्तिस्पर्धा ऐन लगायतका बिषयगत कानुन अनुसार सजाय दिइने पनि मन्त्रालयको टोलीले चेतावानी दिएको छ ।
आपूर्ति मन्त्रालयको टोलीले तनहुँका साथै लम्जुङ्ग,गोर्खा तथा धादिङमा पनि अनुगमन गर्ने जनाएको छ ।