राम्रा जनप्रतिनिधि छनोट गर्नुपर्छ – राणा


काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आसन्न स्थानीय चुनावमा नेपाललाई हिन्दूराष्ट्र कायम गराउने विषयलाई लिएर जनतासँग मत मागिने बताउनुभएको छ ।
पार्टीको काठमाडौँ महानगर समिति वडा नं ३ ले यहाँ आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्मनिरपेक्षता कार्यान्वयन हुन नसक्ने बताउँदै जनतालाई अधिकारसम्पन्न गराउनका लागि स्थानीय तहको निर्वाचनमा स्थानीय जनताले राम्रा जनप्रतिनिधि छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।पार्टीका उपाध्यक्ष टङ्क ढकालल निर्वाचनमा विकासप्रेमी जनप्रतिनिधि छान्ने अवसरलाई जनताले उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । पार्टीका नेता राजाराम श्रेष्ठले स्थानीय तहको चुनावपछि देशभर स्थानीय पूर्वाधार तथा विकास निर्माणका कार्यले गति लिने र आर्थिक समृद्धि बताउनुभयो ।

पार्टीका महानगर प्रमुख कृष्ण वज्राचार्य, युवा नेत्री सोनाम शाक्यलगायतले कार्यकर्ताको दुःख र मेहनतले अहिले पार्टीले सफलता प्राप्त गरेको जिकिर गर्दै कार्यकर्ताको सही मूल्याङ्कन गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई सुझाव दिनुभयो । रासस