पर्वतमा ८० प्रतिशत योजना सम्झौता

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
जिल्ला समन्वय समिति पर्वतले आर्थिक बर्ष २०७३÷०७४ का ८० प्रतिशत योजनाहरु सम्झौता गरिसकेको छ ।
योजनाहरु समयमा सम्झौता नहुने र कार्यप्रगति समेत घट्ने समस्या भैरहेका बेला समितिले ८० प्रतिशत योजना सम्भौता गरिसकेको जानकारी दिएको हो ।

उपभोक्ता समिति समिति र ठेक्का प्रकृयाबाट सञ्चालन हुने सबै योजनाहरुको सम्झौता भै काम समेत शुरु भैसकेको कार्यालयले जनाएको छ । बाँकी २० प्रतिशत समेत उपभोक्ता नै नआएका कारण सम्झौता हुन नसकेका हुन । समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्थानिय बिकास अधिकारी बिष्णुप्रसाद भुसालले योजनाहरुको सम्झौता गरि कार्यान्वयनलाई तिब्रता दिइएको जानकारी दिए ।

कार्यालयले दिएको जानकारी अनुसार अहिले सम्म खानेपानी तर्फ १२ वटा योजना मध्ये ८ वटा सम्झौता भैसकेका छ भने ४ वटा मात्रै बाँकी छन । जिल्ला सडक सञ्जाल मध्ये २४ वटामा ११ वटा सम्झौता भैसकेका छन भने १३ वटा योजना अझै सम्झौता हुन सकेका छैनन । सडक तर्फ नै दुई वटा आर्थिक केन्द्र जोड्ने २८ वटा योजना मध्ये २१ वटा सम्झौता भैसकेका छन । क्षेत्र नं १ को निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रममा १७ वटा मध्ये १६ वटाको सम्झौता भएको भने क्षेत्र २ को १७ मध्ये १३ वटा मात्रै सम्झौता भएका छन ।

कार्यालयलाई यस बर्ष थप अख्तियारी आएको ३२ योजना मध्ये २४ योजना पनि सम्झौता भएका छन । युवा तथा खेलकुद मन्त्रालय तर्फका १२ वटा योजना मध्ये ५ वटा मात्रै सम्झौता भएका छन ।

यसैगरी साना सिंचाई कार्यक्रम तर्फ २० योजना मध्ये १५ वटा सम्झौता भएका छन । पर्यटन प्रर्बद्धन कार्यक्रम मध्ये ६ वटामा ३ वटा सम्झौता भएका छन । संस्कृति तथा पर्यटन तर्फ भने २६ योजनामा जम्मा ८ वटा योजना मात्रै सम्झौता भएका छन । साँसद बिकास कोष तर्फ ब्यबस्थापिका संसद सदस्य कल्पना चापागाईका २० वटा मध्ये ११ वटा योजना सम्झौता भएका छन ।

अर्जुनप्रसाद जोशीका २० मध्ये १० र बिकास लम्सालका १६ मध्ये ६ वटा योजना सम्झौता भएका छन । पर्यटन तर्फ मन्दिर संरक्षण लगायतका स–साना टुक्रे योजनामा प्राबिधीकहरुले स्टिमेट तयार गर्न समय लागेका कारण सम्झौतामा ढिलाई भएको निमिक्त प्रमुख जिल्ला इन्जिनियर लक्ष्मीप्रसाद त्रिपाठीले बताए ।