राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु


पथरी (मोरङ), २० चैत । सरकारको चालु आव २०७३÷२०७४ को नीति तथा कार्यक्रममा समावेश राष्ट्रपति महिला उत्थान कार्यक्रम मोरङमा सुरु भएको छ ।

सो कार्यक्रममा अनौपचारिक श्रममा संलग्न महिलालाई तीन महिने सिलाइकटाइ र ब्युटिपार्लर तालिम दिइने भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम पाँच वर्षे अवधारणाका साथ सुरु भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी बरालले बताउनुभयो ।

महिला सशक्तीकरणका लागि सुरु भएको सीपमूलक तालिमलाई व्यवहारमा उतार्न सके सरकारको नीति सफल हुने प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले बताउनुभयो ।

साविकका ५० वटा गाविसबाट सहभागी महिलालाई मनमोहन स्मृति पोलिटेक्निक र शैलजा आचार्य स्मृति पोलिटेक्निकमा सिलाइकटाइ र ब्युटिपार्लरको तालिम दिइने भएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।