आईजीपी को हुन्छ हेर्दै जाऔं ः देउवा


विराटनगर, (नेस)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक नियुक्तिको बारेमा सर्वोच्च अदालतले कसैलाई किटेर नभनेको बताउँदै कसको नियुक्ति हुन्छ हेर्दै जाऔं भन्नुभएको छ।

शुक्रबार यहाँ पत्रकारहरूसँग कुरा गर्दै देउवाले सो कुरा बताउनुभएको हो। उहाँले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुनेसमेत बताउनुभयो। उहाँले निर्वाचनका लागि सहमति जुटाउन मधेसी मोर्चासँग छलफल भइरहेको र दुई–चार दिनमै सहमति हुने उल्लेख गर्दै भन्नुभयो– ‘नेपाली कांग्रेस संविधान संशोधनको प्रस्तावलाई असफल भएको देख्न चाहँदैन।’ मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘पार्टीभन्दा जनता नै निर्वाचनका लागि बढी तयार छन्।’