एमालेले स्थानीय तह अनुसारको तोक्यो जिम्मेवारी


काभ्रे, (नेस)

१५ महिनापछि बसेको एमाले काभ्रेको जिल्ला कमिटी बैठकले केन्द्रीय कमिटीको सर्कुलरअनुसार पुनर्संरचनापछिका १३ वटा स्थानीय तह र विभिन्न विभागमा जिम्मेवारी बाँडफाँड गरेको छ।

नयाँ जिम्मेवारीअनुसार पनौती नगरपालिकामा वसुन्धरा हुमागार्इं इन्चार्ज र गीता बञ्जारा सह–इन्चार्ज तोकिएका छन् भने सहदेव थापा संयोजक तोकिएका छन्। त्यस्तै बनेपामा हरिदेव गिरी इन्चार्ज र कुमार तिमल्सिना सहइन्चार्ज र लक्ष्मीनरसिं वादे संयोजक तोकिएका छन्। धुलिखेल नगरपालिकामा विनोद पराजुली संयोजक, विमला शर्मा इन्चार्ज र केशव वडाल सह–इन्चार्ज तोकिएका छन्।

त्यस्तै पाँचखाल नगरपालिका गंगाराम अधिकारी संयोजक तोकिएका छन् भने पुस्कर ढकाल इन्चार्ज र सुभद्रा अधिकारी सहइन्चार्ज तोकिएका छन्। नमोबुद्ध नगरपालिकामा टिपी शर्मा तिमल्सिना संयोजक, कृष्ण खनाल सह संयोजक, राजन भुर्तेल इन्चार्ज र कृष्णचन्द्र आचार्य सह इन्चार्ज तोकिएका रहेका छन्। मण्डन देउपुर नगरपालिकामा विदुरप्रसाद सापकोटा संयोजक र कुमार भट्टराई सहसंयोजक रहेका छन्। भुम्लुटार गाउँपालिकामा प्रेम लामा संयोजक, चौरी देउराली गाउँपालिकामा बाबुकृष्ण पन्त संयोजक, दिलीप घिसिङ सहसंयोजक र मुकुन्द गौतम इन्चार्ज रहेका छन्।

तेमाल गाउँपालिकामा घनश्याम लामा संयोजक र इन्द्रमान तामाङ सहसंयोजक, जेनिस लामा इन्चार्ज तोकिएका छन्। रोशी गाउँपालिकामा दिलिप तामाङ संयोजक, अमित लामा सहसंयोजक, गणबहादुर लामा इन्चार्ज तोकिएका छन्। महाभारत गाउँपालिकामा रविनमायाँ अस्तानी संयोजक र इन्द्रबहादुर तामाङ इन्चार्ज रहेका छन्। खानीखोला गाउँपालिकामा शेखर लामा संयोजक, केशव वडाल इन्चार्ज रहेका छन्। बेथान्चोक गाउँपालिकामा वेदप्रसाद तिमल्सिना संयोजक, उन्नती केसी सहसंयोजक रहेका छन्।

त्यस्तै आर्थिक विभाग प्रमुख वसुन्धरा हुमागाई, संगठन विभाग प्रमुख केशव बडाल र उपप्रमुखमा मीरा पौड्याल, स्कुल विभाग प्रमुख इन्द्र तामाङ, प्रचार विभाग प्रमुख हरिशरण दाहाल, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख शिवराज भेटवाल, संस्कृति विभागमा रुद्र तामाङ प्रमुख, माधुरी सापकोटा उपप्रमुख, सहकारी तथा गरिबी निवारण विभागमा प्रमुख गुणनाथ सापकोटा र उपप्रमुख अम्बिका हमाल, सामाजिक सेवामा कृष्णचन्द्र आचार्य, उद्योग तथा वाणिज्यमा वसुनारायण श्रेष्ठ, पर्यटन प्रवद्र्धनमा राम पहरी, शिक्षा तथा मानव स्रोतमा श्याम पाण्डे प्रमुख र तुलप्रसाद दाहाल उपप्रमुख, निर्वाचन विभागमा कुमार भट्टराई, शहरी विकासमा मुकुन्द गौतम, स्थानीय विकासमा अशोक ब्याञ्जु, वन तथा वातावरणमा शान्ता न्यौपाने, जलश्रोत तथा ऊर्जा विभाग सम्झना गौतम, युवा तथा खेलकुदमा मुक्ति विष्ट र मोर्चा संगठन प्रमुखमा कञ्चन अधिकारीलाई इन्चार्ज तोकिएका छन्। बैठकले १७ वटा जनसंगठन फाँट इन्चार्जमा जिल्ला कमिटी सदस्यहरूलाई इन्चार्ज र सहइन्चार्ज तोकेको प्रचार विभाग प्रमुख हरिशरण दाहालले जानकारी दिएका छन्।

पेसागत महासंघमा हरिदेव गिरी, मानवअधिकार एलायन्समा हरिशरण दाहाल इन्चार्ज र सहइन्चार्जमा बविता खरेल, अनेमसंघमा राममाया श्रेष्ठ इन्चार्ज, सहइन्चार्जद्वयमा उर्मिला वैद्य र सुभद्रा दाहाल, भूपू सैनिक तथा प्रहरी संगठनमा मुक्ति विष्ट, खेलकुद महासंघमा विपीन लामा, युवासंघ नेपालमा राकेश लामा, अनेरास्ववियुमा जेनिश लामा, प्रेस चौतारी पवित्रा भुर्तेल, अल्पसंख्यक सिमान्तकृत जाति राम पहरी इन्चार्ज र मैना दनुवार सह इन्चार्ज, उत्पीडित जातीय मुक्ति समाज कुमाले मिजार इन्चार्ज, सहइन्चार्ज प्रकाश रोक्का र इन्दिरा मिजार, लोकतान्त्रिक आदिवासी जनजाति माहासंघमा इन्द्रमान तामाङ इन्चार्ज र नानीमाया लामा सहइन्चार्ज रहेका छन्।