शिक्षा नियमावली आउँदै छ ः प्रम


काठमाडौं, (नेस)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताअनुरूपमा शिक्षा नियमावली ल्याउन सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ।
शिक्षा नियमावली नआए संघर्ष गर्ने चेतावनी दिएको शिक्षा मन्त्री धनीराम पौडेलको मागप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनको चेतावनी दिएको नेपाल शिक्षक महासंघले हिजो प्रधानमन्त्री दाहाललाई भेटेर ऐन ल्याउन आग्रह गरेको थियो।

प्रधानमन्त्री दाहालले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको जानकारी गराउनुभएको थियो प्रधानमन्त्रीको भनाइ उद्धृृत गर्दै शिक्षक महासंघका महासचिव तिलक कुवरले भन्नुभयो।

जस्तोसुकै अवस्थामा भए पनि नियमावली ल्याउनुपर्ने माग गर्दै विभिन्न पार्टीका नेता भेट्दै हिँडेको महासंघले नियमावली नल्याए सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ।