एडिडासको पुरानो जुत्ता एक्सचेन्ज योजना


काठमाडौं, (नेस)

नेपालका लागि एडिडास ब्रान्डका जुत्ताहरूको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले आफ्नो ‘रिफ्रेस योर गियर’ पुनः सञ्चालनमा ल्याएको छ।
योजनाअन्तर्गत ग्राहकले आफ्ना कुनै पनि ब्रान्डका लगाउनयोग्य पुरानो जुत्ताको सट्टामा एडिडास ब्रान्डका जुत्ता खरिद गर्दा २ हजारदेखि ३ हजारसम्म छुट पाउन सक्नेछन्। ग्राहकले ६ हजार ९९९ मूल्यको एडिडास ब्रान्डका जुत्ताको खरिदमा २ हजार र सोभन्दा माथिको मूल्यको एडिडास ब्रान्डका जुत्ताको खरिदमा २ हजार ५ सय र १० हजार ९९९ भन्दा मथिको मूल्यको जुत्तामा ३ हजार रुपियाँसम्म छुट पाउने कम्पनीले जनाएको छ।

यसअघिका वर्षमा सञ्चालन गरिएको यस योजनाअन्तर्गत संकलित पुराना तर लगाउनयोग्य जुत्ता कम्पनीले कर्णाली ग्रामीण प्रवद्र्धन तथा सामाजिक विकास पार्क, माईती नेपाल र न्यानो संसारलाई हस्तान्तरण गरेको थियो। यस वर्ष भने कम्पनीले एक्सचेन्ज योजनाअन्तर्गत संकलित पुराना जुत्ता हरि रोकायालाई प्रदान गर्ने भएको छ। हरि रोकाया गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका खेलकुदकर्मी हुन्।

यो योजना चैत १९ गतेबाट शुरु भई एक महिनासम्म सञ्चालन हुने छ। साथै यस योजनामा पुरुष तथा महिला स्पोर्टस जुत्ताबाहेकका अन्य जुत्ताहरू (चप्पल, हिल जुत्ता, छालाका जुत्ता, बच्चाका जुत्ता तथा लगाउन नमिल्ने जुत्ता) मा भने लागू नहुने कम्पनीले जनाएको छ।