२६ उद्योगविरुद्ध मुद्दा


हेटौंडा, (नेस)

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले बारा, पर्सा र चितवनका न्यून गुणस्तरका खाद्यवस्तु उत्पादन गर्ने उद्योगका उत्पादनविरुद्ध मुद्दा दायर गरेको छ। कार्यालयले शुक्रबार हेटौंडामा गरेको दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठीमा कार्यालय प्रमुख राजकुमार रिजालले बारामा १७, चितवनमा ५ र पर्सामा ४ वटा गरी २६ वटा मुद्दा दायर गरिएको बताउनुभयो।

न्यून गुणस्तरका सूर्यमुखी तेल, वनस्पति घ्यु, सोयाविन तेलजस्ता खाद्य उद्योगमाथि आर्थिक वर्ष २०७३÷७४ को दोस्रो चौमासिकमा मुद्दा दायर गरिएको रिजालले बताउनुभयो।