आफैले जन्माएको बच्चा मार्ने आमा पक्राउ


भक्तपुर,(नेस) ।

आफैले जन्माएको बच्ची मारेको अभियोगमा चाँगुनारयण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार विहानदेखि डेलीभरी सम्बन्धी व्यथा लागेकोले तामाङको श्रीमान मेघ बहादुर तामाङ गाउँमा गई पैसा खोजेर आई जिल्ला अस्पताल ल्याउँदा डाक्टरले बच्चाको जन्म बाहिर भइसकेको भनी बताएको र आमाको साथमा बच्चा नभएपछि प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले साहिली तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बालिकाको जन्म भए पश्चात हत्या गरी डेरा कोठा नजिक बाँसघारीमा लगेर गाडेको भनी बताएकी थिइन् । प्रहरीले उनको बताएको स्थानबाट बालिकाको शव गाडेको अवस्थामा फेला परेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।