अर्का भट्टराईको नेतृत्वमा समानान्तर नयाँ शक्ति पार्टी गठन



जनताले खोजीरहेको बैकल्पिक पार्टीको रुपमा अघि बढ्ने

पुष्कर बुढाथोकी,भक्तपुर  ।

नयाँ शक्ति नेपालले कारबाही गरेका निर्मल भट्टराईले आफ्नै नेतृत्वमा समानान्तर नयाँ पार्टी गठन गरेका छन् । नयाँ शक्ति नेपालको नामबाट राष्ट्रिय कार्यकर्ता भेला गरेका भट्टराईले आफ्नो संयोजकत्वमा ८९ सदस्यीय नयाँ कमिटी घोषणा गरेका छन् ।

जसमा नयाँ शक्तिले कारबाही गरेका भट्टराईसहित मोहन बम, हरिराम रिमाल र चन्द्रदेव ओझा पनि छन् । भेलाले ८९ सदस्यीय केन्द्रीय कमिटी बनाइएको भट्टराईले बताउनुभयो ।नयाँ शक्तिले कारवाही गरेपछि निर्मल भट्टराईले भक्तपुरमा प्रथम राष्ट्रिय भेला गरी प्राय नामै नसुनेका मान्छे बटुलेरआफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टीको घोषणा गरेका हुन् ।

नयाँ शक्ति पार्टीबाट निष्कासित नेताहरुले स्थानीय तहको निर्वाचनमा संघिय समाजबादी पार्टीसँग नयाँ शक्ति पार्टीले सहकार्य गर्ने भएपछि आफुहरुले त्यसको विरोध गर्दा पार्टीले निष्कासन गरेको बताए  । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भटट्राईले स्थानिय तहको निर्वाचनमा संघिय समाजबादी पार्टीसँग सहकार्य गर्ने भएपछि आफूहरुले त्यसको विरोध गर्दा पार्टीले निष्कासन गरेको बताएका हुन् ।

उहाँहरुले बिदेशीको इशारामा स्थानीय तहको निर्वाचनको विरोध गर्दै मधेशवादी दलहरुको लाइनमा गएर संयोजक डा.भटट्राईले गलत कदम उठाएको आरोप लगाउनुभयो। समानान्तर राष्ट्रिय भेला आयोजक समितिका संयोजक भटट्राईले डा. बाबुरामले मधेशी मोर्चाका एजेण्डा बोक्ने संघिय समाजबादी पार्टीसँग सहकार्य गर्नु उचित नभएको बताउनुभयो ।

भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने  डा. बाबुरामकोे कार्यशैलीको आफूहरुले विरोध गरेकै कारण आफूहरुलाई नयाँ शक्तिबाट निकालिएको बताउनु भयो । राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका प्रतिनिधि आएको उहाँले बताउनु भयो ।

उहाँले आगामी बैशाख ३१ गते हुन लागेको निर्वाचनमा आफूहरुले भाग लिने बताउनुभयो । नयाँ शक्ति पार्टीका केन्द्रिय परिषदका सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल,मुनिन्द्र बस्नेत र रामराज मंगराती लगायतले नयाँ शक्ति अब जनताले खोजीरहेको बैकल्पिक पार्टीको रुपमा अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्