पत्रकारहरुको गुणात्मक बृद्धिमा जोड


चिरञ्जीवी मास्के, दोलखा ।

नेपाल पत्रकार महासंघको ६२ औ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाले अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्केले स्थानिय निर्वाचनमा विकास मैत्री नेतृत्व चयनको लागि पत्रकारहरुले भूमिका खेल्नु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चार सहकारीका अध्यक्ष बलराम केसी, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, क्रियाशील पत्रकार महिला दोलखा शाखाको अध्यक्ष निता राउत, पत्रकार महासंघ दोलखाको सचिव विनिता शिवाकोटी, प्रेस युनियन दोलखाको अध्यक्ष दीपशङ्कर चौलागाई, प्रेस सोसाईटीका केन्द्रिय सदस्य दिलबहादुर केसी, प्रेस युनियन बागमति विशेष क्षेत्र संयोजक रमेश खतिवडा, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धर लगाएतले मनतव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा सहभागिहरुले पत्रकारहरुको संख्यात्मक बृद्धि भन्दा पनि गुणात्मक बृद्धि आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनीहरुले पछिल्लो समयमा पत्रकार महिलाहरुको सक्रियता र सहभागिता उल्लेख्य रहेको बताएका थिए ।