सेनापति राजेन्द्र क्षत्री र भारतका सेनाध्यक्ष बीच शिष्टाचार भेटवार्ता


काठमाडौं (नेस) ।

प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा चार दिने नेपाल भ्रमण आउनु भएका मित्रराष्ट्र भारतकासेनाध्यक्ष विपीन रावत बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटघाटका क्रममा प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको छ । उक्त छलफल पश्चात् भारतीय सेनाध्यक्ष विपीन रावतले नेपाली सेनाका पि.एस.ओज्. रथीबृन्दहरुसँग समेत भेटघाट गर्नु भएको हो ।

भेटघाट पश्चात् जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच भारतीय सेनाध्यक्षले प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई विभिन्न प्रजातिका गरी जम्मा ७ वटा घोडाहरुसमेत हस्तान्तरण गर्नुभएको छ ।

यसअघि, बिपीन रावतले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नुका साथै जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत समेत अर्पण गरेको छ ।