अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको तयारी पुरा


काठमाडौं (नेस) ।
“शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ सुरु हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ को तयारी पुरा भएको छ ।

नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयकोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिन सम्म चल्ने यो मेला उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने तय भएको छ ।

मेलामा भाग लिन आउने बिदेशी पाहुनाहरु नेपाल आइसकेको र उनिहरुले ल्याउने प्रबिधीका सामाग्रीहरु पनि नेपाल ल्याइसकिएको जानकारी दिदै फ्यान अध्यक्ष कुमार कसजुले प्रदर्शनीहलमा ब्यबशायीले आफ्ना स्टल सजाउने काम सकिसकेकोे जानकारी दिए ।

उपत्यका भित्र कार्यालय समयमा हुने ट्राफिक जाम छल्दै बिहान र बेलुकी नर्सरीबाट फूल तथा बोटबिरुवा ल्याएको पनि उनले बताए ।

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको छ ।

यो तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो हो र यस बाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले लिएको छ ।

साथै पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने जानकारी दिदै महासचिब मिन बहादुर तामाङले प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाई मेलामा सहभागी गराईने बताए ।