नगर विकास कोषका अध्यक्ष रिजालद्धारा पदभार ग्रहण



 

नेपाल समाचारपत्र, काठमाडौं  ।

नगर विकास कोष सञ्चालक समितिको अध्यक्षमा धुव्र रिजालले पदभार ग्रहण गरेका छन् । मन्त्रीपरिषद्ले बैठकले कोष सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका गरेका रिजालले वानेश्वरस्थिति कोषको कार्यालयमा आज पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त अध्यक्ष रिजालले कर्मचारीसँग समन्वय गरेर कोषको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए । उनले भने,‘विगतको भन्दा राम्रो काम गर्ने योजना बनाएको छु, सबैको साथ र सहयोगमा अगाडि बढछु ।’ नवनियुक्त अध्यक्ष रिजाललाई कोषका कर्मचारीले स्वागत गरेका थिए ।

विगतमा सांस्कृतिक संस्थानको अध्यक्ष, बुटवल धागो कारखानाको अध्यक्ष, बुटवल टेक्नीकल इन्स्च्यिुटका कार्यकारी निर्देशक,हेटौडा सिमेन्ट उद्योगको डेपुटी जनरल मेनेरको अनुभव संगाल्नु भएका रिजालले शहरी विकासको क्षेत्रमा लामो अनुभव रहेको छ । उनले ग्रामिण आवास, गुठी संस्थान, गिरिजाप्रसाद कोइराला स्वाश्प्रश्वास केन्द्र लगायतका ठाउँमा रहेर काम गरिसकेका छन् ।

सर्लाही निवासी रिजालले शहरी विकासको क्षेत्रमा विगतमा १२ बर्षदेखि काम गर्दै प्राविधिक शिक्षामा समेत दखल राख्ने व्यक्तिको रुपमा परिचित छ् । नवनियुक्त अध्यक्ष रिजाल निर्माण व्यवसायदेखि, शहरी विकासको क्षेत्रमा काम गर्दै आएको लामो अनुभव रहेको छ । रिजाललाई मन्त्रीपरिषद्ले नगर विकास कोष ऐन २०५३ को दफा १४ को उपदफा २ को खण्ड क बमोजिम नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्