शेयर बजारमा उच्च वृद्धि



काठमाडौं, (नेस)
चैत महिना शुरू भएसँगै सुधार हुन थालेको शेयर बजार साताको पहिलो दिन बजारमा उछाल आएको छ। आइतबार नेप्से ४७ दशमलब ७९ अंकले उकालो लागेर १५५३ दशमलब ८३ विन्दुमा पुगेको छ। यस दिन बीमा समूहको परिसूचक सबैभन्दा बढी २०३ अंकले बढेको छ भने बैंकिङ समूह ४४ दशमलब ४१ अंक, जलविद्युत् समूह १५९ होटल ९६ अंक, विकास बैंक समूह ६० अंक, फाइनान्स समूह २४ अंक र अन्य समूह ६ दशमलब ६५ अंकले उकालो लागेका छन्।
कुल एक सय ४३ कम्पनीको एक अर्ब ७६ करोडको कारोबार भएको छ।

आइतबार प्रभु इन्स्योरेन्स संस्थापक शेयरको १९ करोड २८ लाख तथा नेपाल क्रेडिट एन्ड कर्मस बैंकको करिब करोड बराबरको शेयर किनबेच भएको छ। यस दिन हाम्रो विकास बैंक, लक्ष्मी लघुवित्त, जनउत्थान लघुवित्तको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ। यस्तै कृषि विकास बैंक, मिर्मिरे माइक्रो, नेपाल ग्रामीण विकास बैंक, महिला सहयात्रा माइक्रो, एनबी इन्स्योरेन्सलगायतका कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ। यसदिन सप्तकोशी डेभलपेमन्ट बैंक, सहारा विकास बैंक र प्रभु इन्स्योरेन्सको मात्रै शेयरमूल्य घटेको छ।

यसैबीच थप छ वटा ब्रोकर कम्पनीले उपत्यका बाहिर शाखा खालेका छन्। भिजन, कालिका, श्रीहरि, क्रिष्ट कन्चनजंगा, इम्पेरियल र सनी सेक्युरिटिजले उपत्यकाबाहिरबाट कारोबार शुरु गरेका हुन्। भिजनले बनेपा, कालिकाले नेपालगन्ज, श्रीहरिले बिर्तामोडमा, क्रिष्टलले विराटनगर, इम्पेरियलले नेपालगन्ज र सनिले नारायणघाटमा शाखा खोलेर कारोबार शुरू गरेको छन्। यससँगै उपत्यका बाहिर कारोबार शुरू गर्नेको संख्या १५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्