४५८ जना चेलिहरुको उद्धार



भद्रपुर, (नेस) ।

मानव बेचबिखन विरुद्ध कार्य गर्दै आएको विश्व सेवा विस्तार सस्थाले पूर्वीनाका काँकरभिट्टाबाट बेचिनबाट जोगाइएका ४ सय ५८ जना चेलिहरुको उद्धार गरेको छ । संस्थाले काँकरभिट्टामा आयोजित कार्यक्रममा सन् २०१६ मार्च देखि २०१७ फेरवारीसम्म चेलिहरुको उद्धार गरेको जानकारी दिएको हो ।

सस्थाले मार्च महिनानामा २७ जनाको उद्धार भएको बताइएको छ । नेपालको पूर्वी नाका काँकरभिट्टाबाट विभिन्न वहना बनाई बेचिन जानेको संख्या बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ । नेपालमा गएको महाभूकम्प र त्यसपछिको अवस्थामा बेचिन जानेको संख्यामा बृद्धि भएको शाखा अध्यक्ष तरुण राईले बताए ।

अशिक्षा बेरोजगारी, गरिबी, विपन्नता र पारिवारिक बेमेलका कारण महिलाहरू रोजगारीको बहानामा बिक्री हुने गरेको उनको भनाई छ । सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, सुनसरी, धनकुटा, झापा लगायतका जिल्लाका ग्रामीण भेगका युवतीहरु पूर्वीनाकाबाट प्रलोभनमा परी विदेश जाने गरेको शाखा अध्यक्ष राईले बताए ।

एक वर्षको अवधिमा काँकरभिट्टा नाकाका लागि २४ लाख २७ हजार १ सय ६६ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । संस्थाले आगामी मे महिनासम्ममा भद्रपुर सीमा नाकामा आफ्नो अभियान संचालन गर्ने योजना बनाएको सस्थाका केन्द्रीय निर्देशक मानबहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्