हात्तीको आक्रमणबाट घाइते भएकाको मृत्यु



इनरुवा, ८ चैत । एक महिना अगाडि कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका एक जनाको सोमबार उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी पश्चिम कुशाहा–४ का ५० वर्षीय लालो मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आफ्नै खेतबारीमा काम गरिहरेका बेला कोसी टप्पु वन्यजन्तु आरक्षबाट फागुन ५ गते निस्केको जङ्गली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते भएका मण्डलको उपचारपश्चात् घरमा नै राखी उपचार गराउने क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्