संखुवासभा भारी हिमपात,यातायात ठप्प



ईन्द्र गिरी, संखुवासभा ।

संखुवासभा जिल्लामा आज एक्कासी भारी हिमपात भएको छ । हिमपताको कारण नुनढाकीको गुफापोखरी सडक खण्डमा यातायात ठप्प भएको छ । आज दिउसो ४ बजे पानी संगै परेको हिमपातको कारण जनजिवन प्रभावित भएको छ । हिमपातको कारण संखुवासभाको ६ भन्दा बढि गाविस प्रभावित भएका स्थानिय वासीले बताएका छन ।

जिल्लाको जलजला, नुनढाकी, मकालु, पावाखोला, हटिया, किमांथांका, चेपुवा, लगायतका गाविस प्रभावित भएका स्थानियवासीले बताएका छन । जिल्लाको नुनढाकीको गुफापोखरीमा ४ फिट सम्म हिउ जमेको बताईएको छ । त्यसै गरि उत्तरी हिमाली गाविसमा २ फिट देखि ५ फिट सम्म हिउ जमेको स्थानियवासीले बताएका छन ।

एक्कासी भारी हिमपात भएपछि पर्यटकिय क्षेत्र नुनढाकीको गुफापोखरीका बासिन्दा घर बाहिर निस्कन नसकेको स्थानियवासी हरि खनालले बताउनु भयो । उहाले गुफापोखरी बजारमा २ फिट भन्दा बढि हिउ जमेको र अत्यधिक चिसोले पशुको कन्तविजोग भएको छ । आफु ६४ वर्षको उमेर पुगेको र पौष माघ महिनामा हिउ परर्थो तर यसरी चैत्र महिनामा हिउ परेको थाहा नभएको बताउनु भयो ।

चारै तर्फ हिउले ढाकेको र सडकमा बाक्लो हिउ जमेपछि यातायातका साधन समेत चल्न नसकेको खनालले बताउनु भयो । उहाले बसन्तपुर टुटेदेउराली, गुफापोखरी हुदै ताप्लेजुङ जाने सडक खण्डमा बाक्लो हिउ जमेको कारण यातायातका साधन सञ्चालन समेत ठपप भएको जानकारी दिनु भयो ।

उत्तरी हिमाली गाविसमा हिमपातको कारण घरबाट वाहिर निस्कन नसकेको पावाखोलाका शिक्षक जितबहादुर श्रेष्ठले बताउनु भयो । उहाले पावाखोलाको बस्ति पुरै हिउले ढाकेको छ भने चारै तिर डाडामा बाक्लो हिउ जमेको देखिएको बताउनु भयो । उहाले चैत्र महिनामा पौष महिना जसतो अति जाडो हुनु र हिउ बाक्लो पर्नु जलवायु परिवर्तनको असरको को कारण त हैन शिक्षक श्रेष्ठको भनाई थियो ।

यसै विच जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेशमान श्रेष्ठले हिमपात तल्लो भेग सम्म परेको देखिएको र जिल्लामा उत्तरी हिमाली क्षेत्रमा सम्पर्क हुन नसकेको र अहिले सम्म हिमपातको कारण कुनै क्षतिको जानकारी नआएकोे बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्