नेप्सेमा सामान्य सुधार



 

काठमाडौँ, ५ चैत । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा सामान्य सुधार आएको छ ।

यो साता नेप्से २ दशमलव ११ अङ्कले बढेर अन्तिम दिन एक हजार ३५७ दशमलव ३४ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ८१ अङ्कले घटेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका कारोबार भएको छ । जसअनुसार १२ हजार ७५९ कारोबारबाट रु एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार बराबरका ३८ लाख ५३ हजार एक सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २२ दशमलव ०९ प्रतिशत कम हो ।

गत साता १५६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १८ हजार ५३३ कारोबारबाट रु दुई अर्ब ३० करोड २० लाख २३ हजार बराबरका ४५ लाख ७६ हजार दुई सय २० कित्ता सेयर खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ४२ अङ्कले बढेर २९४ दशमलव ८३ अङ्कमा आईपुगेको छ ।

यस साता कारोबार रकम ( रु ३० करोड ८५ लाख ४० हजार) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (पाँच लाख ४८ हजार कित्ता) को आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक नै अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार सङ्ख्या (८२१ वटा) को आधारमा भने नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो साता चिलिमे जलविद्युत् कम्पनीको ३१ लाख ३४ हजार ४७६ दशमलव ८०, हाम्रो विकास बैंकको तीन लाख पाँच हजार ८३३ दशमलव ७५ र कन्ट्री डेभलपमेन्ट बैंकको तीन लाख एक हजार ६०४ दशमलव १६ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने कृषि विकास बैंकको एक करोड ९६ करोढ ८८ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्