होली खेलेको रकमबाट शिक्षकलाई तलब



बैतडी, १ चैत । यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन् । धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएका छन् ।

सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको सिद्धनाथ निमाविले होली खेलेर रु ७५ हजार सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक गणेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

यस्तै, दोगडाकेदार गाउँपालिकाको कफलकोटमा रहेको रौलेश्वर माविले होली खेलेर रु ८० हजार सङ्कलन गरेको र सबओभरसियर पढिरहेका विद्यार्थीको शैक्षिक भ्रमणमा खर्च गर्ने विद्यालयले तयारी गरेको स्थानीय बासिन्दा धनबहादुर भाटले जानकारी दिनुभयो ।

जिल्ला दैवीप्रकोप तथा उद्धार समितिले खेलाएको होलीबाट सो रकम सङ्कलन भएको छ । उक्त रकम विपद् जोखिम व्यवस्थापनमा खर्च गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिनुभयो ।

यसैगरी, पाटन नगरपालिकाको वसन्तपुरमा रहेको त्रिपुरेश्वर माविले पनि होली खेली रु एक लाख १० हजार नगद सङ्कलन गरेको छ । सो रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च गरिने विद्यालयका प्रधानाध्यापक नारायणसिंह ठगुन्नाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्