लगानीकर्तालाई १६ अर्ब नाफा



नेपाल समाचारपत्र
काठमाडौं
साताको दोस्रो दिनको शेयर कारोबारमा लगानीकर्ताले करिब १६ अर्ब रुपियाँ कमाएका छन्। यस दिन समग्र नेप्से परिसूचक ७ दशमलब ७० अंकले वृद्धि हुँदा समग्र बजार पुँजीकरण १५ खर्ब ३६ अर्ब रुपियाँ भएको छ। अघिल्लो साताको अन्तिम दिन समग्र बजार पुँजीकरण १५ खर्ब २० अर्ब रुपियाँ रहेको थियो।

आइतबार होलीको बिदाका कारण बन्द रहेको पुँजी बजार सोमबार मात्रै खुलेको हो। ३५ करोड ८५ लाख रुपियाँको शेयर कारोबार भएको दिन नेप्से १३५५ दशमलब २३ विन्दुमा पुगेको छ। यो समग्रमा बजारको शून्य दशमलब ५७ प्रतिशतले बढी हो।कारोबार रकमका आधारमा यो १७ करोडले कम हो। कुल १३२ कम्पनीको ७ लाख ६ हजार २६५ कित्ता शेयर कारोबार हुँदा अन्य समूहबाहेक सबै समूह सकारात्मक रहेका छन। यस दिन सबैभन्दा धेरै बीमा समूह १०९ दशमलब शून्य ८ विन्दुले बढेको छ। त्यस्तै वाणिज्य बैंक समूहको सूचक ६ दशमलब ३८ अंकले बढेको छ।

सोमबार ग्लोबल आईएमई बैंकको बैंकको सबैभन्दा बढी ७ करोड ४१ लाख तथा एनसीसी बैंकको एक करोड ९५ लाख रुपियाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै आरइसडीसी लघुवित्त, नयाँ नेपाल लघुवित्त र मिसन डेभलपमेन्ट बैंकको करिब १० प्रतिशतको हाराहारीमा शेयरमूल्य बढेको छ भने जनउत्थान लघुवित्त, अरूण फाइनान्स तथा कञ्चन डेभलपमेन्टलगायतका कम्पनीका लगानीकर्ताले धरै गुमाएका छन्।

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ
नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपियाँ बराबरको चुक्ता पुँजी पुर्याउनका लागि स्टान्डर्ड चार्टर्ड बैंकको फर्दर पब्लिक अफरिङ (एफपीओ) मंगलबारदेखि बिक्री खुला हुने भएको छ।

बैंकले फेस भ्यालू सय रुपियाँमा ११ सय ९० रुपियाँ प्रिमियम थप गरी १२ सय ९० रुपियाँ प्रतिकित्ताका दरको ३ अर्ब ३० करोड रुपियाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता एफपीओ बिक्री गर्न लागेको हो।

एफपीओ बिक्री छिटोमा चैत ४ गते हुनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार ५८० कित्तासम्म आवेदन दिन सकिने यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले रहेको छ।

प्रतिक्रिया दिनुहोस्