फकाएर बालबिबाह गराएको आरोपमा तीन जना पक्राउ



पर्वत(नेस)

पर्वतको लिमिठाना घर भएकी १५ वर्षिया एक बालिकालाई ललाई फकाई बाल विवाह गरेको आरोप लागेकाहरुलाई आवश्यक कारवाहीका लागि गुल्मी जिल्ला पठाईएको छ ।

महिला तथा बालबालिका कार्यालय पर्वतमा परेको निवेदनको आधारमा बाल विवाह गराउने २ महिला सहित बालिका र उनलाई विवाह गर्ने खड्गकोट गाविसका २१ वर्षिय पवन ढकाललाई गुल्मी जिल्लामा पठाइएको हो ।

बालिकाले दिएको निवेदन अनुसार पर्वत शंखरपोखरी–९ वस्ने शुशिला भुसाल र लिमिठाना २ बस्ने सिता भुसालले गत माघ २५ गते घरमा बोलाएर ललाई फकाई विवाह गरेको बताइएको छ ।

बालिकाका अनुसार आँफूलाई केही थाहा नभएको अवस्थामा उनीहरुले विवाह गराएकाले कारवाहीको माग गरिएको छ । यता जिल्ला प्रहरी कार्यालयले भने विवाह गर्ने केटा पक्षको घर गुल्मी जिल्ला भएकाले पर्वतमा कारवाही गर्न नमिल्ने बताएको छ ।

बाल विवाह गराउने तथा गर्नेलाई कानूनी व्यवस्था अनुसार कारवाही गर्नुपर्ने भएकाले सम्बन्धित जिल्लामा पठाइएको महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख तारा सुनुवारले जानकारी दिईन ।

बालबालिकाका विषयमा यथेष्ट जानकारी नहुँदा यस्ता घटनाहरुले प्रश्रय पाएकाले सचेत गराउन समेत जरुरी रहेकाले कारवाहीको प्रक्रिया अगाडी बढाइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्