ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु



कपिलवस्तु, २४ फागुन । चन्द्रौटा–कृष्णनगर सडकखण्डको घोरही नजिक ट्र्याक्टर दुर्घटनामा परी सोमबार दिउँसो दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी लु १ त ५४०३ नम्बरको ट्र्याक्टरमा सवार कृष्णनगर नगरपालिका–३ छिटौनीका १९ वर्षीय सन्तोष यादव र कृष्णनगर नगरपालिका–१ का सेमराका ४६ वर्षीय साहु मनिहार रहेको प्रहरीले जनाएको छ ।

मृतक दुवैजनाको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगन्जमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्